Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार घट्ने क्रम जारी, कारोबारमा सामान्य वृद्धि

अर्थ संसार

सोमबार, १६ पुस २०८०, १५ : १४ मा प्रकाशित

सेयरबजार घट्ने क्रम जारी, कारोबारमा सामान्य वृद्धि

अघिल्लो सातादेखि ओरालो यात्रा समातेको सेयर बजारमा सोमबार थप गिरावट आएको छ ।

केही समयको अपट्रेन्ड पछि करेक्सन मोडमा चलेको बजारले सोही ट्रेन्ड पछ्याउँदै आज पनि ८.७५ अङ्कले घटेर नेप्से परिसूचक २०६०.१५ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल चार अर्ब २९ करोड नौ लाख ३२ हजार दुई सय ९७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने सामान्य बढेर चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा सिएचडिसि, चिरख्वा हाइड्रो, हाथवे इन्भेस्टमेन्ट, भिजन लुम्बिनी उर्जा,  नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये मोलुङ हाइड्रो, मनकामना इन्जिनियरिङ, मैलुङ खोला जलविद्युत, तारागाउँ रिजेन्सी, अप्पर हेवाखोला हाइड्रो, माथिल्लो मैलुङ खोला हाइड्रो र वलेफी हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन र लगानी उपसूचक सर्वाधिक १.०७ प्रतिशतले बढ्दा ट्रेडिङ उपसूचक ०.४५ प्रतिशतले बढ्यो । आज हाइड्रोपावर उपसूचक सर्वाधिक १.७२ प्रतिशतले घट्दा होटल तथा पर्यटन उपसूचक १.६७ र लाइफ इन्स्योरेन्स उपसूचक १.५८ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको