Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ जारी गर्न सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच सम्झौता

अर्थ संसार

मंगलबार, १७ पुस २०८०, ०९ : २० मा प्रकाशित

आइपिओ जारी गर्न सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच सम्झौता

सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको छ ।

मंगलबार एक समारोहबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति  सम्बन्धी सम्झौता भएको हो । 

उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष  आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।  

युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “मेवा खोला जलविद्युत आयोजना” ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको