Like us!
Follow us!
Connect us!
Watch us!

जापानमा दुई विमान ठक्कर खाए, तीन सय ८० जनाको सकुशल उद्धार

अर्थ संसार

मंगलबार, १७ पुस २०८०, १६ : ५१ मा प्रकाशित

जापानमा दुई विमान ठक्कर खाए, तीन सय ८० जनाको सकुशल उद्धार

जापानमा यात्रुवाहक विमान र कोस्ट गार्डको विमान ठक्कर खाएका छन् ।

टोकियोस्थित हानेडा विमानस्थलमा भएको घटनामा तीन सय ८० जनाको सकुशल उद्धार हुँदा पाँच जनाको अवस्था भने अज्ञात रहेको छ । जापान एयरलाइन्सको ए३५० एयरबस कोस्ट गार्डको विमानसँग ठक्कर खाँदै आगोको मुस्लोभित्र पुगेको थियो । तर उक्त विमानमा सवार सबै तीन सय ७९ यात्रुको सकुशल उद्धार गरिएको हो । कोस्ट गार्डको विमानमा सवार ६ जना मध्ये क्याप्टेनको उद्धार भएपनि बाकिँ पाँच जनाको अवस्था भने अज्ञात रहेको जनाइएको छ ।

जापान एयरलाइन्सको विमान यात्रु बोकेर होक्काइडोबाट टोकियो आउँदै गरेको थियो भने कोस्ट गार्डको विमान भूकम्प पीडितका लागि राहत सामाग्री लिएर त्यसतर्फ जान लागेको जनाइएको छ । घटनापश्चात विमानस्थलको सबै रनवे बन्द गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको