Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तसहित तीन कम्पनीको मूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

अर्थ संसार

मंगलबार, १७ पुस २०८०, १७ : २९ मा प्रकाशित

जीवन विकास लघुवित्तसहित तीन कम्पनीको मूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

नेप्सेमा सूचीकृत तीन कम्पनीले घोषणा गरेको बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । मूल्य समायोजन भएका कम्पनीमा जीवन विकास लघुवित्त, युनिभर्सल पावर र कालिका पावर कम्पनी रहेका छन् ।

नयाँ समायोजित मूल्य अनुसार अब बुधबार जीवन विकास लघुवित्तको सेयर कारोबार १३२२.०२ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर १५०७.१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको १४ प्रतिशत बराबरको बोनस सेयर र ०.७३६९ प्रतिशत नगद गरी कुल १४.७३६९ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यसैगरी युनिभर्सल पावरको बुधबार सेयर कारोबार २०१.७५ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर २१९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको ८.५५ प्रतिशत बराबरको बोनस सेयर र ०.४५ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्दैछ ।

कालिका पावर कम्पनीको भोलि सेयर कारोबार ३३४.५५ रुपैयाँमा खुल्ने भएको छ । आज उक्त कम्पनीको प्रति सेयर ३६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशत बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्दैछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ सबै कम्पनीहरुले आगामी कारोबार मिति पुस १८ गते बुकक्लोज गर्दैछन् । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको