Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टसहित तीन कम्पनीको मूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

अर्थ संसार

बुधबार, १८ पुस २०८०, १५ : ५२ मा प्रकाशित

शिवम् सिमेन्टसहित तीन कम्पनीको मूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

नेप्सेमा सूचीकृत तीन कम्पनीले घोषणा गरेको बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । मूल्य समायोजन भएका कम्पनीमा शिवम् सिमेन्ट, मुक्तिनाथ विकास बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् ।

नयाँ समायोजित मूल्य अनुसार अब बिहीबार शिवम् सिमेन्टको सेयर कारोबार ५१७.२९ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ५९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको १४.२५ प्रतिशत बराबरको बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यसैगरी मुक्तिनाथ विकास बैंकको बिहीबार सेयर कारोबार ३७१.७५ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ४०८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको ९.७५ प्रतिशत बराबरको बोनस सेयर र ०.५१३२ प्रतिशत नगद गरी कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्दैछ ।

लक्ष्मी सनराइज बैंकको भोलि सेयर कारोबार १८१.५९ रुपैयाँमा खुल्ने भएको छ । आज उक्त कम्पनीको प्रति सेयर १९४.३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको ७ प्रतिशत बराबरको बोनस सेयर र ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्दैछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ सबै कम्पनीहरुले पुस १९ गते बुकक्लोज गर्दैछन् । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको