Like us!
Follow us!
Connect us!
Watch us!

बाबु एड्भेञ्चरद्वारा नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सुरू

अर्थ संसार

विहीबार, १९ पुस २०८०, ०७ : ५९ मा प्रकाशित

बाबु एड्भेञ्चरद्वारा नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सुरू

नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ ।

लमजुङको दोर्दी गाउँपालिका-८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो । ३ हजार ९ सय मिटरमा सञ्चालनमा आएको यस स्कुलमा हाइ अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेहरुले तालिम लिन सक्नेछन् ।

नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा स्कुल सञ्चालनमा ल्याइएको कम्पनी सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए । स्कुलमा उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने,  कसरी उडाउने भन्नेबारे सिकाइने उनको भनाइ छ ।

प्याराग्लाइडिङ स्कुलका लागि आवश्यक पूर्वाधार तयारीमा दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको छ । साथै अन्य सुविधाहरू पनि क्रमश: विस्तार गरिने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।

उनले गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य गन्तब्यको पर्यटकीय प्रवर्द्धन गर्नका लागि पनि प्याराग्लाईडिङ स्कुल महत्वपूर्ण हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ ।

 पालिकामा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएपश्चात स्थानीयलाई समेत नयाँ अवसर सिर्जना हुँदै जाने उनी बताउँछन् । उनले भने,'पर्यटकीय क्षेत्रमा नै स्कुल सञ्चालन हुँदा स्थानीयलाई रोजगारीको अवसर पनि सिर्जना हुन्छ । यसबाहेक स्थानीयले तालिम समेत लिन मिल्ने भएपछि रोजगारीको नयाँ अवसर समेत पाइने देखिन्छ ।'

बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले यसअघि ९ बर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ स्कुल सञ्चालन गर्दै आएको छ ।

प्याराग्लाइडिङ स्कुलसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् । हालैमात्र रेडबुलको एड्भेन्चर टिम नेपाल आएर स्कुल अवलोकन भ्रमण गरेको थियो । त्यसपश्चात उनीहरुले स्कुलसँग सहकार्य गर्ने  प्रतिबद्धता दिएको सञ्चालक सुनुवारले जानकारी दिए ।

अब नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक हाई अल्टिच्युड प्याराग्लाइडिङको मज्जा लिन पनि आउने नेपाल हवाई खेलकुद संस्था (ना)का निवर्तमान अध्यक्ष कृष्ण भट्टराई बताउँछन् ।

सामान्य प्याराग्लाइडिङ विश्वको प्राय: ठाउँमा उपलब्ध रहेको भएपनि हाई अल्टिच्युड नभएको उनले बताए । नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको उच्च सम्भावना रहेकाले यो स्कुल निकै महत्वपूर्ण हुने उनको भनाइ छ । 'हामीजस्तो हिमालयको मुलुकमा विभिन्न हिमशृङ्खलाहरूबाट प्याराग्लाडिङ गर्न र एक्स्ट्रिम एड्भेञ्चरको मज्जा लिन यहाँ निकै उत्कृष्ट गन्तव्य बन्छ,' उनले भने ।

स्कुल सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन गर्न समेत भूमिका खेल्ने उनले बताए । यसो हुँदा विदेशी मुद्रा आर्जनमा समेत स्कुलले सहयोग गर्ने उनको भनाइ छ । उनले अब हेलिबाट पर्यटक भएर हिमाल हेरिँदै आएकोमा स्कुल सञ्चालनमा आएपछि अब हिमाललाई हेर्नका लागि प्याराग्लाइडिङको समेत सम्भावना बढ्ने देखिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको