Like us!
Follow us!
Connect us!
Watch us!

जसले उत्पादन गरेको भए पनि भारतले १० हजार मेगावाट विद्युत किन्छ : प्रम दाहाल

अर्थ संसार

शुक्रबार, २० पुस २०८०, ११ : २१ मा प्रकाशित

जसले उत्पादन गरेको भए पनि भारतले १० हजार मेगावाट विद्युत किन्छ : प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका विदेशमन्त्री डा. एस जयशङ्करसँगको भेटबारे उल्लेख गर्दै भारतले जसले उत्पादन गरेको भए पनि १० हजार मेगावाट विद्युत किन्नेगरी सम्झौता भएको बताएका छन् ।

प्रम दाहालले हिजो भारतीय विदेशमन्त्रीसँग “वान टु वान” र नेपाली प्रतिनिधिमण्डलसहितको भेट भएको बताउँदै नेपालको राष्ट्रिय हित र विद्युत व्यापार सम्झौताबारे कुरा गरेको जनाएका हुन् । उनले विद्युत व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा रहेको र नेपालले दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको जनाए ।

२० करोडसम्मको परियोजनामा भारतीय दूतावास सिधै लगानी गर्न पाउने विषयमा बोल्दै दाहालले त्यस्ता परियोजनामा भारत एक्लैले निर्णय गर्ने नभई नेपालको पनि निर्णय र साझेदारी रहने बताए । विद्युत बिक्रि सम्झौताको कार्यान्वयन पनि राष्ट्रिय हितअनुरूप नै हुने पनि उनले जिकिर गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको