Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर त्रिशुली-२, चमेलियालगायत १५ योजनाको पिपिए प्रक्रिया रद्द, ६ नयाँ योजना पिपिएको प्रक्रियामा

अर्थ संसार

शुक्रबार, २० पुस २०८०, १६ : ५३ मा प्रकाशित

अप्पर त्रिशुली-२, चमेलियालगायत १५ योजनाको पिपिए प्रक्रिया रद्द, ६ नयाँ योजना पिपिएको प्रक्रियामा

१०२ मेगावाटको अप्पर त्रिशुली-२, ८५ मेगावाट चमेलियालगायत १५ योजनाको पिपिए प्रक्रिया नेपाल विद्युत प्राधिकरणले रद्द गरिदिएको छ ।

रन अफ द रिभर प्रणाली अन्तर्गत बन्न लागेका उक्त योजनाहरुले आवश्यक कागजात पुर्याउन नसकेपछि प्राधिकरणले प्रक्रिया रद्द गरिदिएको छ । ती योजनाहरुको कुल क्षमता २१५.२३ मेगावाट रहेको थियो । गत असोज १६ गते सम्झौताको रोलक्रममा रहेर पनि आवश्यक कागजात संकलन नगरेका तथा निवेदन नदिएका आयोजनालाई सम्पर्कमा आउन ३५ दिने सूचना दिइएको थियो । ३५ दिने अवधिमा पनि निवेदन नदिएका तथा निवेदन दिएर पनि रितपूर्वक कागजात र दस्तावेज संलग्न नभएका योजनासँग पिपिए अघि नबढाउने प्राधिकरणले निर्णय गरेको हो ।

उक्त योजनाहरुको स्थानमा प्राधिकरणले ६ नयाँ योजनासँग पिपिए गर्न लागेको हो । रोलक्रमका आधारमा पिपिए प्रक्रिया अघि बढाइन लागेका आयोजनाहरुमा ४१.०६ मेगावाटको संखुवा खोला हाइड्रो, २८.९ मेगावाटको होङ्गु खोला हाइड्रो, २२.२५ मेगावाटको अप्सुवा खोला १, ३५.१५ मेगावाटको माथिल्लो अप्सुवा खोला, २४ मेगावाटको सुपर सेती र ७७.५ मेगावाटको घुन्सा खोला हाइड्रो रहेका छन् । प्राधिकरणले रन अफ द रिभर प्रणालीमा बन्न लागेका हाइड्रोसँग हुने पिपिएमा कुल ६ हजार सात सय ५० मेगावाटको अधिकतम सीमा लगाएको छ जसकारण उक्त सीमाभन्दा कटेपछि प्राधिकरणले योजनाहरुसँग पिपिए गर्दैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको