Like us!
Follow us!
Connect us!
Watch us!

मकर जितुमाया सुरीको साधारणसभा आज बस्दै

अर्थ संसार

सोमबार, २३ पुस २०८०, ०८ : २२ मा प्रकाशित

मकर जितुमाया सुरीको साधारणसभा आज बस्दै

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले कम्पनीको १५ औं वार्षिक साधारणसभा बस्दै छ । कम्पनीले लगानीकर्तालाई भने लाभांशको कुनै व्यवस्था गरेको छैन ।

सभा काठमाडौंको धुम्बाराहीस्थित सूर्य इभेन्टमा ११ बजेबाट बस्न लागेको हो  । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस २ गते एक दिन बुक क्लोज गरेको थियो  । अर्थात पुस १ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको