Like us!
Follow us!
Connect us!
Watch us!

धौलागिरी लघुवित्तको पूर्वघोषित लाभांश रद्द, अब बोनस नबाँड्ने

अर्थ संसार

विहीबार, २६ पुस २०८०, ११ : २४ मा प्रकाशित

धौलागिरी लघुवित्तको पूर्वघोषित लाभांश रद्द, अब बोनस नबाँड्ने

धौलागिरी लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नबाँड्ने भएको छ ।

पुस २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।

यस अघि कम्पनीले कायम चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने एक करोड ८९ लाख ६६ हजार सात सय ५० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ९ लाख ९८ हजार २ सय ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको थियो । साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको