निर्धन उत्थान लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।
पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । कम्पनीले आव २०७८/७९ मा २० प्रतिशत तथा आव २०७७/७८ मा ३१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको सेयरमूल्यमा अघिल्लो कारोबार दिन बिहीबार अन्तिम समयमा सकारात्मक सर्किट लागेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस