Like us!
Follow us!
Connect us!
Watch us!

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरधनीहरुको यसपालि हात खाली

अर्थ संसार

आइतबार, २९ पुस २०८०, १० : ११ मा प्रकाशित

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयरधनीहरुको यसपालि हात खाली

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

पुस २९ गते आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । बैठकले आव २०७९/८० को वित्तीय विवरण पारित गर्दै कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने जनाएको छ । सोही निर्णय नेपाल बीमा प्राधिकरण समक्ष पेश गरि साधारणसभा स्वीकृतिका लैजाने पनि कम्पनीले जनाएको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । इन्स्योरेन्सले आव २०७७/७८ मा ७.३७ प्रतिशत र आव २०७८/७९ मा पनि समान ६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको