Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको लाभांस सेयरधनीको खातामा जम्मा हुदैँ

अर्थ संसार

मंगलबार, ०२ माघ २०८०, ०९ : ४१ मा प्रकाशित

नेपाल टेलिकमको लाभांस सेयरधनीको खातामा जम्मा हुदैँ

नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट प्रति सेयर ४० रुपैयाँ लाभांस आज माघ २ गतेबाट सेयरधनीहरुको बैंक खातामा पठाउने भएको छ।

कम्पनीको तर्फबाट लाभांश वितरन गर्ने बैंक एनएमबि बैंकले आज एक सूचना प्रकाशित गर्दै सेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा लाभांश आजबाट पठाउन लागिएको जानकारी गराएको हो।

नेपाल टेलिकमको १६ औँ वार्षिक साधारणसभा पुस २९ गते सम्पन्न भएको थियो।  

बुक क्लोज मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको छ।

हालसम्म पनि अभौतिकीकरण (डिम्याट) नगराएका वा हितग्राही खाता खोलेर पनि नेपाल टेलिकमको सेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हिग्राही खाता खोल्न र सेयर अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीहरुले नै व्यहोर्नुपर्ने पनि सूचनामा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको