Like us!
Follow us!
Connect us!
Watch us!

साहस उर्जाले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना प्रबर्द्धक टाइम्स इनर्जीलाई एक्वायर गर्ने

अर्थ संसार

मंगलबार, ०२ माघ २०८०, १० : ५० मा प्रकाशित

साहस उर्जाले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना प्रबर्द्धक टाइम्स इनर्जीलाई एक्वायर गर्ने

साहस उर्जा लिमिटेडले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना प्रबर्द्धक टाइम्स इनर्जीलाई एक्वायर गर्ने भएको छ ।

कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ योजना प्राप्ति गर्ने निर्णय गरेको हो । सोही निर्णयबारे एक सूचना जारी गर्दै साहस उर्जाले निर्माण तथा सञ्चालनका लागि उपयुक्त देखिएको हुँदा उक्त योजनाको प्रबर्द्धक कम्पनी टाइम्स इनर्जी प्रालिलाई प्राप्ति गर्ने निर्णय भएको जानकारी दिएको हो ।

३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत योजना अर्धजलाशययुक्त योजना हो । गोरखामा निर्माण हुने उक्त योजना वि.सं २०८५ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । दुई अर्ब रुपैयाँमा योजनाको लाइसेन्स साहस उर्जाले खरिद गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको