Like us!
Follow us!
Connect us!
Watch us!

३२.१९ प्रतिशतले बढ्यो कामना सेवाको खुद नाफा, अरु सूचकमा पनि चमक

अर्थ संसार

विहीबार, ०४ माघ २०८०, ०९ : ५९ मा प्रकाशित

३२.१९ प्रतिशतले बढ्यो कामना सेवाको खुद नाफा, अरु सूचकमा पनि चमक

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमासमा विकास बैंकहरु मध्य पहिले वित्तीय विवरण सार्वजनिक गरेको कामना सेवाको अधिकांश सूचकहरुमा सुधार देखिएको छ। 

यस्ता छन् सूचक 

खुद नाफा
कामना सेवाले दोस्रो त्रैमास सम्म २५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोहि अवधिसम्म बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन ३२.१९ प्रतिशतले बढेको हो। 

खुद ब्याज आम्दानी 
बैंकको यस अवधि सम्म खुद ब्याज आम्दानी भने घटेको छ। यस अवधिसम्म बैंकले  ९५ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड रुपैयाँ थियो। जुन ६.२४ प्रतिशतले घटेको हो। 

सञ्चालन मुनाफा
यस आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ३७ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २७ करोड ९८ लाख रुपैयाँ रहेको थियो। अहिले ३२.२४ प्रतिशतले बढेको देखिन्छ। 

खराब कर्जा अनुपात (एनपील)
बैंकको यस अवधिमा खराब कर्जा अनुपात (एनपील) सामान्य सुधार आएको देखिन्छ।  यसअवधि सम्म  बैंकको एनपीएल घटेर ३.४२ प्रतिशतमा झरेको छ। जुन अघिल्लो वर्ष एनपीएल ३.७० प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज
हाल बैंकले इम्पेयरमेन्ट चार्ज २१ करोड १९ लाख रुपैयाँ छुट्याएको छ। जुन अघिल्लो वर्ष यस अवधिमा  ३० करोड १५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

निक्षेप संकलन र कर्जा प्रवाह 
बैंकले ५६ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरेर र  ४३ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले ५३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४३ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी 
३ अर्ब २८ करोड रुपैयाँ

रिजर्भ
रिजर्भ ८.३५ प्रतिशतले बढेको छ। हाल बैंकको रिजर्भ १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । 

वितरणयोग्य मुनाफा
समीक्षा अवधिसम्म बैंकको वितरण योग्य मुनाफा १७ करोड ४५ लाख रुपैयाँ रहेको छ। 

प्रति सेयर आम्दानी (ईपीएस)
बैंकले प्रति सेयर आम्दानी (ईपीएस)मा सुधार गर्दी  १५.७८ रुपैयाँ कायम गरेको छ। अघिल्लो वर्ष ईपीएस १२.४७ रुपैयाँ थियो। 

पीई रेसियो
२२.३६ गुणा

प्रति सेयर नेटवर्थ
१५१.६१ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको