Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज क्यापिटलको फितलो व्यवस्थापनका कारण अपर तामाकोशीको लिलामी प्रक्रिया शनिबार पनि सकिएन

अर्थ संसार

शनिबार, ०६ माघ २०८०, २० : १२ मा प्रकाशित

लक्ष्मी सनराइज क्यापिटलको फितलो व्यवस्थापनका कारण अपर तामाकोशीको लिलामी प्रक्रिया शनिबार पनि सकिएन

अपर तामाकोशी हाइड्रोपावरको लिलामी प्रक्रिया मार्फत बिक्री गरिएको सेयरको बोलपत्र खोल्ने प्रक्रिया आज (शनिबार) लाई  रोकिएको छ। 

शुक्रबार देखि निरन्तर काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयको खाली परिसरमा पाल हालेर सुरु गरिएको लिलामी हिजो जस्तै आज समय अभाव र चिसो हावा चल्न थालेको भन्दै आइतबार सम्मलाई स्थगित गरेको हो। 

सामान्यतया एक चोटी लिलामीको प्रक्रिया सुरु भएपछि अन्तिम आवेदन नखोले सम्म नै जारी नै रहन्छ। तर क्यापिटलको फितलो व्यवस्थापनका कारण लिलामी बीच बीचमा रोकिन पुगेको छ। लिलाममा झन्डै ३० हजार जनाले आवेदन दिएपछि क्यापिटलले त्यसै अनुसारको तयारी गर्नु पर्थ्यो। 

शनिबार साँझ सम्म झन्डै २६००० हजार आवेदन खोलिएको छ। अब ४००० हाराहारीमा आवेदन खोल्न बाँकि छ। 

अपर तामाकोशीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्य सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर गत पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलामीमार्फत बिक्री खुला गरेको थियो ।


  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको