Like us!
Follow us!
Connect us!
Watch us!

ब्याज आम्दानी घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, १२ : ४४ मा प्रकाशित

ब्याज आम्दानी घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो

फर्स्ट माइक्रोफाइनान्सले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।ब्याज आम्दानी घट्दा बैंकको नाफामा गिरावट आएको छ भने कम्पनीको एनपिएलमा भारी वृद्धि हुन पुगेको छ ।

खुद नाफा

दोस्रो त्रैमासमा कम्पनीको खुद नाफामा भारी गिरावट भएको देखिन्छ ।  बैंकले यस आर्थिक वर्षको पहिलो ६ महिनामा ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिसम्म बैंकले १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन ४१.२२ प्रतिशतले कम हो ।  

खुद ब्याज आम्दानी

बैंकको यस त्रैमास सम्म खुद ब्याज आम्दानी बढेको छ । यस त्रैमास सम्म कम्पनीले १५ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २३ करोड खुद ब्याज आम्दानी गरेको थियो। यस सूचक ३३.२७ प्रतिशतले घटेको देखिन्छ । 

सञ्चालन मुनाफा

बैंकले दोस्रो त्रैमास सम्म सम्म १३ करोड १९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यहि अवधि सम्म बैंकको मुनाफा २० करोड ६४ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा अहिले ३६.०९ प्रतिशतले घटेको छ ।

खराब कर्जा अनुपात (एनपील)
बैंकको खराब कर्जा अनुपात (एनपील) झन् बिग्रेको छ । यस त्रैमास सम्म कम्पनीको खराब कर्जा २.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल ०.१७ प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज
इम्पेयरमेन्ट चार्जका रुपमा यसपटक लघुवित्तले छुट्ट्याउन परेको थिएन । अघिल्लो वर्ष यहि अवधिसम्म एक करोड ५८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको थियो  ।

चुक्तापुँजी
१ अर्ब २३ करोड रुपैयाँ

रिजर्भ
२८ करोड ४८ लाख रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा २५ करोड ४६ लाख रहेको )

वितरणयोग्य मुनाफा
६ करोड ३३ लाख रुपैयाँ 

प्रतिसेयर आम्दानी
१३.८६ रुपैयाँ 

पीई रेसियो
४५.३१ गुणा

प्रतिसेयर नेटवर्थ
१२८.२२ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको