Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएलले थलियो रिलायन्स फाइनान्स, घाटा ५.४७ करोड पुग्यो

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, १३ : ३६ मा प्रकाशित

एनपिएलले थलियो रिलायन्स फाइनान्स, घाटा ५.४७ करोड पुग्यो

रिलायन्स फाइनान्सले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीको एनपिएलमा भारी वृद्धि हुँदा घाटा चुलिएर ५.४७ करोड पुगेको छ ।

खुद नाफा

दोस्रो त्रैमासमा कम्पनीको खुद नाफामा भारी गिरावट भएको देखिन्छ ।  फाइनान्सले यस आर्थिक वर्षको पहिलो ६ महिनामा ५ करोड ४७ लाख घाटा व्यहोरेको छ । गत वर्ष यसै अवधिसम्म फाइनान्सले ३ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

खुद ब्याज आम्दानी

फाइनान्सको यस त्रैमास सम्म खुद ब्याज आम्दानी घटेको छ । यस त्रैमास सम्म कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८ करोड ६५ लाख खुद ब्याज आम्दानी गरेको थियो। यस सूचक ०.८८ प्रतिशतले घटेको देखिन्छ । 

सञ्चालन मुनाफा

फाइनान्सले दोस्रो त्रैमास सम्म सम्म १० करोड ५८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यहि अवधि सम्म फाइनान्सले मुनाफा १० करोड ३८ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा अहिले २ प्रतिशतले बढेको छ ।

खराब कर्जा अनुपात (एनपील)
बैंकको खराब कर्जा अनुपात (एनपील) झन् बिग्रेको छ । यस त्रैमास सम्म कम्पनीको खराब कर्जा ९.६७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल ४.८९ प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज
इम्पेयरमेन्ट चार्जका रुपमा ५ करोड ९५ लाख रुपैयाँ  छुट्याएको छ । यसमध्ये १३ करोड ७६ लाख यसै त्रैमासमा छुट्टाइएको हो । अघिल्लो वर्ष यहि अवधिसम्म चार करोड ९९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको थियो  ।

निक्षेप संकलन र कर्जा लगानी 

कम्पनीले ६ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेर र ५ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले यसै अवधिसम्म  ६ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी
१ अर्ब १२ करोड रुपैयाँ

रिजर्भ
२९ करोड ३ लाख रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा १९ करोड ७१ लाख रहेको )

वितरणयोग्य मुनाफा
३१ करोड २८ लाख रुपैयाँले ऋणात्मक

प्रतिसेयर आम्दानी
९.७७ रुपैयाँले ऋणात्मक 

पीई रेसियो
(३८.८१) गुणा

प्रतिसेयर नेटवर्थ
९८.१० रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको