Like us!
Follow us!
Connect us!
Watch us!

यु-१९ विश्वकप : न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, १८ : ०५ मा प्रकाशित

यु-१९ विश्वकप : न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

यु-१९ विश्वकपमा स्नेहित रेड्डीको उत्कृष्ट ब्याटिङ प्रदर्शनको मद्दतले न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ ।

रेड्डीले १२५ बलमा १४७ रनको उत्कृष्ट पारी खेलेपछि न्युजिल्यान्डले नेपालसामू विशाल लक्ष्य पेश गरेको हो । खेलमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डलाई नेपालले खेलको धेरै समय दबाबमै राख्न सफल भएको थियो । तर अन्तिम ५ ओभरमा रेड्डीले विस्फोटक ब्याटिङ गरेपछि न्युजिल्यान्डले ५९ रन जोड्दै टोलीको स्कोर ३०० माथि पुगेको थियो । न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले पनि ७५ रन बनाए भने ओपनर टम जोन्सले पनि ३३ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सुवास भण्डारीले ३ विकेट लिँदा गुल्सन झाले २ तथा दीपेश कँडेल, तिलक भण्डारी र आकाष त्रिपाठीले समान १-१ विकेट लिन सफल रहे । नेपाल टोली अब केही समयमा ब्याटिङमा उत्रनेछ । जारी विश्वकपमा नेपाल र न्युजिल्यान्डले आ-आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । यसअघि यु-१९ तहमा दुई पटक नेपाल र न्युजिल्यान्ड आमनेसामने भएकोमा नेपाल दुवैपटक जीत हासिल गर्न सफल भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको