Like us!
Follow us!
Connect us!
Watch us!

यु-१९ विश्वकप : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

अर्थ संसार

बुधबार, १० माघ २०८०, १३ : ४० मा प्रकाशित

यु-१९ विश्वकप : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

यु-१९ विश्वकपमा आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा हुन लागेको खेलमा नेपालले ब्याटिङ गर्न लागेको हो । प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले नेपाललाई ६४ रनले हराएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई एक सय ८१ रनले पराजित गरेको थियो । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् जसमध्ये न्युजिल्यान्ड सुपर सिक्समा छनोट भइसकेको छ ।

सुपर सिक्समा एक समूहबाट तीन टोली छनोट हुने हुँदा नेपाललाई पनि एक खेल जित्दै अघिल्लो चरणमा छनोट हुने मौका रहेको छ । समूहको आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्नेछ । अफगानिस्तानले भने आफ्नो दुवै खेलमा हार व्यहोरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको