Like us!
Follow us!
Connect us!
Watch us!

यु-१९ विश्वकप : अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा छनोट

अर्थ संसार

शुक्रबार, १२ माघ २०८०, २० : २७ मा प्रकाशित

यु-१९ विश्वकप : अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा छनोट

यु-१९ विश्वकपमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा छनोट भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा हुन लागेको खेलमा नेपालले टस हार्दै पहिले फिल्डिङ गरेको थियो । उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेपालले अफगानिस्तानलाई ४१ ओभर मै १४५ रनमा सीमित गर्न सफल रह्यो । नेपालका आकाश चन्दले ५ विकेट लिन सफल भए ।

प्रतीउत्तरमा एक सय ४६ रनको लक्ष्य नेपालले ९ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । प्रतियोगिताको सुपरसिक्समा पुग्न आज दुवै टोलीलाई जित्नै पर्ने बाध्यता रहेको थियो । आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले हारेको थियो भने पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका थिए जसमध्ये अब नेपालसहित न्युजिल्यान्ड र पाकिस्तान सुपर सिक्समा छनोट भएका छन् ।

सुपर सिक्समा एक समूहबाट तीन टोली छनोट हुने हुँदा नेपालले पनि एक खेल जितेर अघिल्लो चरणमा छनोट हुने मौका पाएको हो । अफगानिस्तानले भने समूहचरणमा आफ्नो सबै तीन खेलमा हार व्यहोरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको