Like us!
Follow us!
Connect us!
Watch us!

यु-१९ विश्वकप : भारतविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

अर्थ संसार

शुक्रबार, १९ माघ २०८०, १३ : ३४ मा प्रकाशित

यु-१९ विश्वकप : भारतविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

यु-१९ विश्वकपमा भारतविरुद्ध टस हारेको नेपालले फिल्डिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउङ्ग ओभलमा हुन लागेको खेलमा भारतले पहिले ब्याटिङ गर्न लागेको हो । प्रतियोगिताको सुपरसिक्स चरणको आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले हारेको नेपालले अर्को शक्तिशाली टेस्ट राष्ट्र भारतको सामना गर्न लागेको हो । प्रतियोगिताको सेमिफाइनल यात्राबाट भने नेपाल बाहिरिसकेको छ । भारत भने नेपालसँग नराम्रो हार व्यहोरेमा सेमिफाइनल पुग्नबाट वञ्चित हुने सम्भावना रहन्छ ।

सुपर सिक्सका दुई शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल रहेको सुपरसिक्सको समूहमा भारत र बङ्गलादेशका साथै पाकिस्तान र न्युजिल्यान्ड पनि रहेका छन् । समूहचरणको अङ्कसमेत जोडिने हुँदा नेपालको शीर्ष दुईमा रहने सम्भावना खेल शुरु हुन अघि नै सकिसकेको थियो ।

समूह चरणमा न्युजिल्यान्डसँग ६४ रनले हारेको थियो भने पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका थिए । अफगानिस्तानलाई भने एक विकेटले हराउँदै नेपालले सुपरसिक्स यात्रा तय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको