Like us!
Follow us!
Connect us!
Watch us!

यु-१९ विश्वकप : बङ्गलादेशविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

अर्थ संसार

बुधबार, १७ माघ २०८०, १३ : ५२ मा प्रकाशित

यु-१९ विश्वकप : बङ्गलादेशविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

यु-१९ विश्वकपमा बङ्गलादेशविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउङ्ग ओभलमा हुन लागेको खेलमा नेपालले ब्याटिङ थालेको हो । प्रतियोगिताको सुपरसिक्स चरणको आफ्नो पहिलो आफ्नो पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र बङ्गलादेशको सामना गर्दैछ । सुपर सिक्सको दोस्रो खेलमा नेपाल अर्को शक्तिशाली टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा नेपालले दुई परिवर्तन गर्दै विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई मौका दिएको छ ।

प्रतियोगिताको सेमिफाइनल यात्राबाट भने नेपाल बाहिरिसकेको छ । सुपर सिक्सका दुई शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल रहेको सुपरसिक्सको समूहमा भारत र बङ्गलादेशका साथै पाकिस्तान र न्युजिल्यान्ड पनि रहेका छन् । समूहचरणको अङ्कसमेत जोडिने हुँदा नेपालको शीर्ष दुईमा रहने सम्भावना खेल शुरु हुन अघि नै सकिएको हो ।

समूह चरणमा न्युजिल्यान्डसँग ६४ रनले हारेको थियो भने पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका थिए । अफगानिस्तानलाई भने एक विकेटले हराउँदै नेपालले सुपरसिक्स यात्रा तय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको