Like us!
Follow us!
Connect us!
Watch us!

यु-१९ विश्वकप : अफगानिस्तानविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

अर्थ संसार

शुक्रबार, १२ माघ २०८०, १३ : ४० मा प्रकाशित

यु-१९ विश्वकप : अफगानिस्तानविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

यु-१९ विश्वकपमा आफ्नो तेस्रो खेलमा अफगानिस्तानविरुद्ध टस हारेर नेपालले फिल्डिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा हुन लागेको खेलमा नेपालले फिल्डिङ गर्न लागेको हो । प्रतियोगिताको सुपरसिक्समा पुग्न आज दुवै टोलीलाई पर्ने बाध्यता रहेको छ । आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले हारेको थियो भने पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् जसमध्ये न्युजिल्यान्ड र पाकिस्तान सुपर सिक्समा छनोट भइसकेका छन् ।

सुपर सिक्समा एक समूहबाट तीन टोली छनोट हुने हुँदा नेपाललाई पनि एक खेल जित्दै अघिल्लो चरणमा छनोट हुने मौका रहेको छ । अफगानिस्तानले पनि आफ्नो अघिल्ला दुवै खेलमा हार व्यहोरिसकेको पनि नेपाललाई जितेर सुपरसिक्समा पुग्ने रणनीतिमा हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको