सेन्ट्रल फाइनान्सले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।दोस्रो त्रैमाससम्म सेन्ट्रल फाइनान्सको घाटा पौने पाँच करोड नाघेको छ ।
खुद नाफा
दोस्रो त्रैमासमा कम्पनीको खुद नाफामा भारी गिरावट भएको देखिन्छ । फाइनान्सले यस आर्थिक वर्षको पहिलो ६ महिनामा ४ करोड ७६ लाख घाटा बेहोरेको छ । गत वर्ष यसै अवधिसम्म फाइनान्सले चार लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी
बैंकको यस त्रैमास सम्म खुद ब्याज आम्दानी बढेको छ । यस त्रैमास सम्म कम्पनीले १२ करोड ९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १२ करोड ६४ लाख खुद ब्याज आम्दानी गरेको थियो। यस सूचक ४.३५ प्रतिशतले घटेको देखिन्छ ।
सञ्चालन मुनाफा
बैंकले दोस्रो त्रैमास सम्म सम्म १३ करोड २९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यहि अवधि सम्म बैंकको मुनाफा १४ करोड १० लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा अहिले ५.७४ प्रतिशतले घटेको छ ।
खराब कर्जा अनुपात (एनपिएल)
यस त्रैमास सम्म कम्पनीको खराब कर्जा ९.४४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल ७.६३ प्रतिशत रहेको थियो।
इम्पेयरमेन्ट चार्ज
यस त्रैमाससम्म इम्पेयरमेन्ट चार्जका रुपमा १० करोड १४ लाख रुपैयाँ छुट्याएको छ । यस त्रैमासमा इम्पेयरमेन्ट चार्जका रुपमा चार करोड ८० लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष यहि अवधिसम्म ६ करोड ७५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको थियो ।
निक्षेप संकलन र कर्जा लगानी
बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेर र ४ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले यसै अवधिसम्म ६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
चुक्तापुँजी
९४ करोड ८८ लाख रुपैयाँ
रिजर्भ
३४ करोड ७५ लाख रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा २५ करोड रहेको )
वितरणयोग्य मुनाफा
११ करोड ४० लाख रुपैयाँले ऋणात्मक
प्रतिसेयर आम्दानी
(१०.०४) रुपैयाँ
पीई रेसियो
(३५.७६) गुणा
प्रतिसेयर नेटवर्थ
१२४.६६ रुपैयाँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस