Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंक भन्छ वित्तीय कारोबार सम्बन्धित व्यक्तिसँग यकीन गरेर मात्र गरौँ

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, ११ : ०५ मा प्रकाशित

राष्ट्र बैंक भन्छ वित्तीय कारोबार सम्बन्धित व्यक्तिसँग यकीन गरेर मात्र गरौँ

नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर यकीन भएपछि मात्र अघि बढाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

विभिन्न निकायका उच्चपदस्थ व्यक्ति तथा संस्था प्रमुखहरूका नाम र तस्वीर दुरूपयोग गरी सामाजिक सञ्जालमा आदिमा एकाउन्ट बनाई वा इमेल आइडी खोली ठगी गर्ने उद्देश्यले विभिन्न बहानामा रकम पठाइदिन सन्देश पठाउने गरेको घटनाहरु हुँदै आएको बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

आफ्ना चिनजानका व्यक्ति वा उच्चपदस्थ व्यक्तिले सहयोग मागेको जस्तो वा कुनै आग्रह गरेजस्तो देखिने यस्ता सन्देशको विश्वास गरी वित्तीय कारोबार गर्नुपूर्व सजग भई सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर यकीन भएपछि मात्र वित्तीय कारोबार गर्न बैंकले सर्वसाधारणलाई सुचित गरेको छ ।

यसरी पठाइएका सूचना ठगी गर्ने नियतले पठाइएका हुनसक्ने हुँदा त्यस्ता व्यक्तिको बहकाउ वा लोभलालच वा झुटो कुरामा विश्वास नगर्न पनि बैंकले उल्लेख गरेको छ । डिजिटल वित्तीय कारोबारमा अनलाइन ठगीको जोखिम रहने हुँदा जुनसुकै कारोबार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकीन गरेर मात्र कारोबार गर्नुपर्ने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको