Like us!
Follow us!
Connect us!
Watch us!

समस्या नै समस्याको भुमरीमा नेपाल लाइफ इन्स्योरेन्स, कम्पनीमा अभिकर्ता विद्रोहको खतरा !

अर्थ संसार

विहीबार, ११ माघ २०८०, ०७ : १० मा प्रकाशित

समस्या नै समस्याको भुमरीमा नेपाल लाइफ इन्स्योरेन्स, कम्पनीमा अभिकर्ता विद्रोहको खतरा !

निरन्तर ओरालो यात्रा र समस्याले कमजोर नतिजा निकालिरहेको नेपाल लाइफ इन्स्योरेन्स फेरि अर्को गहिरो समस्याको भुमरीमा फस्ने देखिएको छ। 

कम्पनी व्यस्थापनको मनपरी निर्णयबाट वाक्क दिक्क भएका पेशागत बीमा अभिकर्ता संघ बीमक समितिले नेपाल लाइफ कम्पनीमा विद्रोह नै गर्ने तयारी सम्म गरिसकेको छ। 

 यो विद्रोहको बिउ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खनेको हो।  कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर घोषणा गरेसंगै कम्पनीसँग लामो समय देखि साथमा रहेका अभिकर्ताहरु कम्पनीको व्यवस्थापनसँग रुष्ट भएका हुन्। कम्पनीले बिमितले पाउने बोनसदर घटाएर प्रकाशित गरेको थियो। 

कम्पनीको व्यवस्थापन आफुहरु प्रदर्शन गर्न नसक्ने र हामी दशक लामो कम्पनीका बफादार अभिकर्ताहरुलाई मार्ने नीति  आफुहरु कुनै पनि हिसाबले नसहने संघका एक सदस्यले बताए। 

'धरमर' नेपाल लाइफ इन्स्योरेन्स: कुनै समयको ब्लु चिप, कसरी फर्काउला गुमाएको साख?

पेशागत बीमा अभिकर्ता संघ बीमक समितिका अध्यक्ष गणेश अधिकारी नेतृत्वको कार्य समितिले मंगलबार कम्पनीका  प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीलाई भेटेर बोनस दर साबिकको भन्दा बढाएर नल्याएमा जुनसुकै कदम चाल्ने चेतावनी दिएको छ। 

नेपाल लाइफ इन्स्योरेन्सले भखरै मात्र आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश नबाँड्ने निर्णय गरेर पनि आफ्नो सेयरधनीलाई रुष्ट बनाएको थियो। 

कम्पनीको व्यवस्थापन प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले समालेपछि निरन्तर कम्पनीका गतिविधिमा प्रश्न उठ्ने गरेका छन्। साथै उनको प्रदर्शनले कम्पनीका सेयरधनीमा समेत चरम निराशा छाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको