Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, ११ माघ २०८०, ०७ : ३० मा प्रकाशित

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

हिमालयन एभरेष्ट इन्स्योरेन्स]को लाभांश सुरक्षित गर्ने आज माघ ११ गते अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ १४ गते बुकक्लोज गर्दैछ तोकेको छ। माघ १२ गते शुक्रबार र माघ १३ गते शनिबार परेको हुँदा आज सम्म कारोबार भई कायम रहेका सेयरधनीहरुले इन्स्योरेन्सले मात्र कम्पनीको साधारण सभामा भाग लिन  र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले आफ्नो  तीसौँ वार्षिक साधारण सभा माघ २५ गते, बिहीबार, बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा  बिहान ११ बजे डाकेको छ। 

सभाले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

तेस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्ति बाँकी अवधिको लागि अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने तय गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको