Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको पूर्वघोषित लाभांश रद्द

अर्थ संसार

विहीबार, ११ माघ २०८०, १० : २१ मा प्रकाशित

मिर्मिरे लघुवित्तको पूर्वघोषित लाभांश रद्द

मिर्मिरे लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नबाँड्ने भएको छ ।

माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अब लाभांश नबाँड्ने निर्णय गरेको हो । लघुवित्तले यसअघि ६.२६ प्रतिशत लाभांश बाँड्न राष्ट्र बैंकसँग स्वीकृति मागेकोमा राष्ट्र बैंकले माघ ८ गते वित्तीय विवरण संसोधन गरि पेश गर्न निर्देशन दिएको थियो ।

कम्पनीले कायम चुक्ता पुँजीको ६.२६ प्रतिशतले हुन आउने चार करोड २० लाख ७६ हजार तीन सय दुई रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने तयारी गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको