Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चालक समितिसँग टर्म नमिल्दा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा

अर्थ संसार

विहीबार, ११ माघ २०८०, १२ : १९ मा प्रकाशित

सञ्चालक समितिसँग टर्म नमिल्दा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा

साविकको प्रभु र महालक्ष्मी इन्स्योरेन्स गाभिएर बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सिईओ रमेश भट्टराईले राजीनामा दिएका छन् ।

सञ्चालक समितिले स्पष्टीकरण मागेपछि भट्टराई कम्पनीबाट बाहिरिएका हुन् । साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट आएका भट्टराईले सञ्चालक समितिबाट अधिक दबाब आएको भन्दै बाहिरिने संकेत दिँदै आएका थिए । उनलाई समितिले के विषयमा स्पष्टीकरण सोध्यो भन्ने बारे भने खुलेको छैन । मर्जरको किचलोबीच सञ्चालक समितिको दबाबले सिईओ भट्टराई बाहिरिएको अनुमान गरिएको छ ।

मर्जरमा गएका कम्पनीमा मानव संशाधन व्यवस्थापन कार्य जटिल हुने यो पछिल्लो उदाहरण उदाहरण हो । यस अघि पनि मर्जरमा गएका बैंक तथा वित्तीय संस्थामा कर्मचारीहरुले विद्रोह नै गरेका घटनाहरु बाहिरिएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको