Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको विद्युत उत्पादनबाट हुने आम्दानी घट्दा नाफामा पनि गिरावट, इपिएस कति

अर्थ संसार

शुक्रबार, १२ माघ २०८०, ११ : ३१ मा प्रकाशित

माउन्टेन इनर्जीको विद्युत उत्पादनबाट हुने आम्दानी घट्दा नाफामा पनि गिरावट, इपिएस कति

माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत उत्पादनबाट हुने आम्दानी घटेपछि हाइड्रोको नाफा पनि घटेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफामा गिरावट आएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ३५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ३५ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ७३ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ७४ करोड ४० लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन आम्दानी : यस अवधिसम्म कम्पनीले ४९ करोड ३४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ५० करोड ७७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

वितरणयोग्य मुनाफा : ३५ करोड रुपैयाँ

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा १७ रुपैयाँ ७९ पैसा रहेको छ । (वार्षिकीकरण नगरिएको)

मूल्य आम्दानी अनुपात : ३६.८२ गुणा (अन्तिम मूल्य : ६५५ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : १७७ रुपैयाँ ३२ पैसा

चुक्ता पूँजी : एक अर्ब ९६ करोड ८० लाख रुपैयाँ

जगेडा कोष : एक अर्ब ५२ करोड १७ लाख रुपैयाँ

कम्पनीले ५ मेगावाटको ताडीखोला प्रोजेक्ट र ४२ मेगावाटको मिस्त्रीखोला प्रोजेक्टबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको