Like us!
Follow us!
Connect us!
Watch us!

आँखु खोला हाइड्रोको विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा नाफामा पनि गिरावट, इपिएस कति

अर्थ संसार

आइतबार, १४ माघ २०८०, १३ : ०० मा प्रकाशित

आँखु खोला हाइड्रोको विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा नाफामा पनि गिरावट, इपिएस कति

आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी घटेपछि हाइड्रोको नाफा पनि घटेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफामा गिरावट आएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा एक करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा दुई करोड ६६ लाख रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट १० करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट १२ करोड २३ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन आम्दानी : यस अवधिसम्म कम्पनीले ७ करोड २४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ७ करोड ९७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

वितरणयोग्य मुनाफा : एक करोड ५२ लाख रुपैयाँ

प्रति सेयर आम्दानी : ३ रुपैयाँ ८१ पैसा रहेको छ । (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : ५६ गुणा (अन्तिम मूल्य : २१४ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ७१ रुपैयाँ

चुक्ता पूँजी : ८० करोड रुपैयाँ

जगेडा कोष : २३ करोड १८ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले ८.४ मेगावाटको आँखु खोला-१ आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको