Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीबाट हुने आम्दानी बढे पनि बाराही हाइड्रो घाटामा, नेटवर्थ ५७ रुपैयाँ

अर्थ संसार

सोमबार, १५ माघ २०८०, १० : ०८ मा प्रकाशित

विद्युत बिक्रीबाट हुने आम्दानी बढे पनि बाराही हाइड्रो घाटामा, नेटवर्थ ५७ रुपैयाँ

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी बढे पनि हाइड्रो घाटामै रहेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद घाटामा भने गिरावट आएको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा १५ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा ५९ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट २ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट २ करोड रुपैयाँ कमाएको थियो ।

सञ्चालन आम्दानी : यस अवधिसम्म कम्पनीले एक करोड ९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ८४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

वितरणयोग्य मुनाफा : १५ लाख ७३ हजार रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी : (०.४९)

मूल्य आम्दानी अनुपात : ० (अन्तिम मूल्य : ५१० रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ५७ रुपैयाँ

चुक्ता पूँजी : २५ करोड रुपैयाँ

जगेडा कोष : १० करोड ७४ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले १.५ मेगावाटको ठेउलेखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको