Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इक्विटी फन्ड योजनाको अन्तिम खुद सम्पत्ति एक अर्ब ३४ करोड, इकाईधनीले प्रति इकाई कति पाउँंछन्?

अर्थ संसार

सोमबार, १५ माघ २०८०, १२ : ४४ मा प्रकाशित

नबिल इक्विटी फन्ड योजनाको अन्तिम खुद सम्पत्ति एक अर्ब ३४ करोड, इकाईधनीले प्रति इकाई कति पाउँंछन्?

नबिल इन्भेस्टमेन्ट बैंकिङले व्यवस्थापन गरेको “नबिल इक्विटी फन्ड” को सूचीकरण खारेज भएसँगै इकाईधनीले अन्तिम न्याभ बराबरको रकम फिर्ता पाउने भएका छन् ।

उक्त योजना गत कार्तिक १८ गते परिपक्व भएको थियो । त्यसपछि माघ १२ गते अन्तिम लेखापरीक्षण गरि आएको प्रति इकाई नेट एसेट भ्यालु बराबरको रकम सम्बन्धित लगानीकर्तालाई भुक्तानी गर्न लागिएको हो । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३२) को उपनियम (३) को व्यवस्था बमोजिम योजना अर्न्तगतको सम्पत्तिलाई तीन महिनाभित्र नगदमा परिणत गरी इकाईधनीहरुलाई स्वामित्वको आधारमा भुक्तानी दिनुपर्ने नियम छ । सोही अनुसार इकाईधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा माघ १५ गतेदेखि स्वामित्वका आधारमा योजनाले रकम भुक्तानी गर्ने भएको हो ।

माघ १२ को लेखापरीक्षण अनुसार अन्त्यमा योजनाको खुद सम्पत्ति एक अर्ब ३४ करोड ६५ लाख ७८ हजार पाँच सय ४६ रुपैयाँ रहेको छ । उक्त सम्पत्ति प्रारम्भमा जारी भएका १२ करोड ५० लाख इकाईमा भाग गर्दा प्रति इकाई १० रुपैयाँ ७७ पैसा परेको हो । त्यसमा हुने नाफामा कर कट्टा हुने रकम इकाईधनीको खातामा जम्मा हुनेछ ।

२०७३ को कार्तिक १९ गते सञ्चालन अनुमति पाएको उक्त फन्डको सात वर्षे सञ्चालन अवधि रहेको थियो । योजनाले २०७६/७७ मा ६ प्रतिशत, २०७७/७८ मा ४० प्रतिशत र २०७८/७९ मा ५ प्रतिशत गरि सञ्चालन अवधि भर ५१ प्रतिशत लाभांश दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको