Like us!
Follow us!
Connect us!
Watch us!

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा मिति तय, आइपिओ जारी गर्ने

अर्थ संसार

सोमबार, १५ माघ २०८०, १३ : ५५ मा प्रकाशित

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा मिति तय, आइपिओ जारी गर्ने

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो पहिलो वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ६ गते आइतबार मोरङको विराटनगरस्थित होटेल एअरपोर्टमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको