Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर सोलु हाइड्रोको नाफा ४७.८९ प्रतिशतले बढ्यो, इपिएस ६ रुपैयाँ २२ पैसा

अर्थ संसार

मंगलबार, १६ माघ २०८०, ११ : २१ मा प्रकाशित

अप्पर सोलु हाइड्रोको नाफा ४७.८९ प्रतिशतले बढ्यो, इपिएस ६ रुपैयाँ २२ पैसा

अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रशासनिक तथा कर्मचारी खर्चमा भारी कटौती गर्न सक्दा हाइड्रोको नाफा   ४७.८९ प्रतिशतले बढेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफामा भारी वृद्धि आएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ८ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ५ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ४२ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ४० करोड ८६ लाख रुपैयाँ कमाएको थियो ।

वितरणयोग्य मुनाफा : ८ करोड ३९ लाख ३२ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : ६.२२ (वार्षिकीकरण नगरिएको)

मूल्य आम्दानी अनुपात : ५५.४९ (अन्तिम मूल्य : ३४५ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ९९.८६ रुपैयाँ

चुक्ता पूँजी : एक अर्ब ३५ करोड रुपैयाँ

जगेडा कोष : १९ लाख ३४ हजार रुपैयाँले ऋणात्मक

कम्पनीले २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको