Like us!
Follow us!
Connect us!
Watch us!

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ४.७१ मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा

अर्थ संसार

बुधबार, १७ माघ २०८०, १२ : १५ मा प्रकाशित

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ४.७१ मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ४.७१ मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा जोडिएको छ ।

रानी जमरा कुलरिया सिचाइ आयोजनाको विद्युतगृहबाट उत्पादन भएको विद्युत माघ १६ गते देखि राष्ट्रिय ग्रिडमा जोडिएको हो । यस केन्द्रबाट वार्षिक करिब ४२ गिगावाट हावर विद्युत उर्जा उत्पादन हुने अनुमान गरिएको छ । उक्त योजनाबाअत बाह्रै महिना एकनासको विद्युत उत्पादन हुने योजनाका सिनियर डिभिजनल इन्जिनियर वीर सिंह धामीले जानकारी दिए ।

उक्त योजना कञ्चनपुरको महेन्द्रनगर देखि दाङको लमहीसम्मको पश्चिम तराईमा भएको एकमात्र पावरहाउस भएकोले यसको उचित व्यवस्थापन गर्न सकिएमा यो क्षेत्रको भरपर्दो विद्युत आपूर्ति गर्नमा यसको महत्वपूर्ण योगदान दिने पनि धामीले बताए । जलविद्युतका उत्पादनका साथै यस सिँचाई योजनाबाट कुल ३८ हजार ३०० हेक्टर जमिनमा सिँचाइ गर्ने मुख्य योजना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको