Like us!
Follow us!
Connect us!
Watch us!

दिव्यश्वरी हाइड्रोको अवस्था दयनीय, नेटवर्थ ३ रुपैयाँ ४२ पैसा

अर्थ संसार

बुधबार, १७ माघ २०८०, १२ : ३७ मा प्रकाशित

दिव्यश्वरी हाइड्रोको अवस्था दयनीय, नेटवर्थ ३ रुपैयाँ ४२ पैसा

दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । खर्चमा नियन्त्रण गर्न नसक्दा कम्पनीको घाटा यस त्रैमाससम्म २७ करोड नाघेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद घाटामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा २७ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा २३ करोड पाँच लाख रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ५ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ५ करोड २३ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन आम्दानी : यस अवधिसम्म कम्पनीले तीन करोड ८२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ४ करोड ५७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

वितरणयोग्य मुनाफा : २३ करोड ३० लाख २२ हजार रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी : (५.४३)

मूल्य आम्दानी अनुपात : (३८.३६) अन्तिम मूल्य २०८.३ रुपैयाँ हुँदा

प्रति सेयर नेटवर्थ : ३.४२ रुपैयाँ

चुक्ता पूँजी : २६ करोड ४० लाख रुपैयाँ

जगेडा कोष : २७ करोड ३० लाख रुपैयाँले ऋणात्मक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको