Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीबाट हुने आम्दानी बढेपनि विन्ध्यवासिनी हाइड्रोको नाफा घट्यो, इपिएस कति?

अर्थ संसार

विहीबार, १८ माघ २०८०, ०९ : ४० मा प्रकाशित

विद्युत बिक्रीबाट हुने आम्दानी बढेपनि विन्ध्यवासिनी हाइड्रोको नाफा घट्यो, इपिएस कति?

विन्ध्यवासिनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी बढेपनि कम्पनीको नाफामा भने गिरावट आएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद नाफामा गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा १७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा १९ करोड २२ लाख रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट २४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट १६ करोड १६ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन आम्दानी : यस अवधिसम्म कम्पनीले १५ करोड ८८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले १८ करोड २१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

वितरणयोग्य मुनाफा : १७ करोड ६८ लाख ७ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : ८.३७

मूल्य आम्दानी अनुपात : ६०.४५ (अन्तिम मूल्य ५०६ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ११६.८४ रुपैयाँ

चुक्ता पूँजी : एक अर्ब ५ करोड रुपैयाँ

जगेडा कोष : १७ करोड ६८ लाख रुपैयाँ

कम्पनीले ८.८ मेगावाटको रुदी खोला ए र ६.६ मेगावाटको रुदी खोला बी जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको