Like us!
Follow us!
Connect us!
Watch us!

ब्याज आम्दानी घट्दा आरम्भ चौतारी लघुवित्तको नाफा घट्यो, एनपिएलमा भने सुधार

अर्थ संसार

विहीबार, १८ माघ २०८०, १० : २२ मा प्रकाशित

ब्याज आम्दानी घट्दा आरम्भ चौतारी लघुवित्तको नाफा घट्यो, एनपिएलमा भने सुधार

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ब्याज आम्दानीमा भारी गिरावट आउँदा लघुवित्तको नाफा प्रभावित भएको छ ।

खुद नाफा - दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफामा उल्लेख्य गिरावट भएको देखिन्छ ।  लघुवित्तले यस आर्थिक वर्षको पहिलो ६ महिनामा एक करोड २४ लाख नाफा कमाएको छ । गत वर्ष यसै अवधिसम्म लघुवित्तले २ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तको खुद नाफा ३९.४६ प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी - लघुवित्तको यस त्रैमास सम्म खुद ब्याज आम्दानी भने घटेको छ । यस त्रैमास सम्म कम्पनीले १२ करोड ८३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १४ करोड ६१ लाख खुद ब्याज आम्दानी गरेको थियो । यस सूचक १२.२० प्रतिशतले घटेको देखिन्छ । 

सञ्चालन मुनाफा - लघुवित्तले दोस्रो त्रैमास सम्म १६ करोड ८८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो वर्ष यहि अवधि सम्म सञ्चालन मुनाफा १८ करोड ५६ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा अहिले ९.०८ प्रतिशतले घटेको छ ।

खराब कर्जा अनुपात (एनपिएल) - यस त्रैमास सम्म कम्पनीको खराब कर्जा ४.६४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल ४.८७ प्रतिशत रहेको थियो ।

इम्पेयरमेन्ट चार्ज - यस त्रैमाससम्म इम्पेयरमेन्ट चार्जका रुपमा १६ लाख ८६ हजार रुपैयाँ रिभर्सल भएको छ । यस त्रैमासमा मात्र एक करोड १६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्सल भएको छ । अघिल्लो वर्ष यहि अवधिसम्म ३७ लाख ७३ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको थियो  ।

निक्षेप संकलन र कर्जा लगानी - लघुवित्तले १ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यसै अवधिसम्म १ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी लघुवित्तले ४ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी - ३६ करोड ७१ लाख रुपैयाँ

रिजर्भ - १८ करोड ५९ लाख रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा १७ करोड ३८ लाख रहेको )

वितरणयोग्य मुनाफा - २ करोड ४६ लाख रुपैयाँ

प्रतिसेयर आम्दानी - ६.८० रुपैयाँ (वार्षिकीकरण गरिएको)

पीई रेसियो - ८८.३२ गुणा (अन्तिम मूल्य ६०१ हुँदा)

प्रतिसेयर नेटवर्थ - १४४.३९ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको