Like us!
Follow us!
Connect us!
Watch us!

इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा कर्णाली डेभलपमेन्ट बैंकको नाफा करिब तीन गुणाले बढ्यो, इपिएस कति?

अर्थ संसार

विहीबार, १८ माघ २०८०, १७ : ०२ मा प्रकाशित

इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा कर्णाली डेभलपमेन्ट बैंकको नाफा करिब तीन गुणाले बढ्यो, इपिएस कति?

कर्णाली डेभलपमेन्ट बैंकले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जबापत छुट्ट्याएको ठूलो रकम रिभर्सल हुँदा बैंकको नाफा तीन गुणाले बढेको छ ।

खुद नाफा - दोस्रो त्रैमासमा कम्पनीको खुद नाफामा भारी वृद्धि भएको देखिन्छ ।  बैंकले यस आर्थिक वर्षको पहिलो ६ महिनामा ४ करोड ४८ लाख नाफा कमाएको छ । गत वर्ष यसै अवधिसम्म फाइनान्सले एक करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी - बैंकको यस त्रैमास सम्म खुद ब्याज आम्दानी घटेको छ । यस त्रैमास सम्म कम्पनीले ६ करोड ११ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८ करोड ३४ लाख खुद ब्याज आम्दानी गरेको थियो । यस सूचक २१.०५ प्रतिशतले घटेको देखिन्छ । 

सञ्चालन मुनाफा - बैंकले दोस्रो त्रैमास सम्म सम्म ४ करोड ७८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यहि अवधि सम्म बैंकको मुनाफा १ करोड ६३ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा अहिले २.९२ गुणाले बढेको छ ।

खराब कर्जा अनुपात (एनपील) - बैंकको खराब कर्जा अनुपात (एनपील) झन् बिग्रेको छ । यस त्रैमास सम्म कम्पनीको खराब कर्जा ४.४७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल ३.१७ प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज - बैंकको इम्पेयरमेन्ट चार्ज भनेर छुट्ट्याएको ३ करोड ६४ लाख रुपैयाँ रिभर्सल भएको छ । यसमध्ये ६६ लाख यसै त्रैमासमा रिभर्स भएको हो । अघिल्लो वर्ष यहि अवधिसम्म एक करोड एक लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको थियो  ।

निक्षेप संकलन र कर्जा लगानी - कम्पनीले ४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेर र ३ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले यसै अवधिसम्म ४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी - ५० करोड २८ लाख रुपैयाँ

रिजर्भ - ३९ करोड २३ लाख रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा ४ करोड ९३ लाख रहेको )

वितरणयोग्य मुनाफा - ३४ करोड १७ लाख रुपैयाँले ऋणात्मक

प्रतिसेयर आम्दानी - ९.५१ रुपैयाँ (वार्षिकीकरण नगरिएको)

पीई रेसियो - ४१.७४ गुणा (अन्तिम मूल्य ३८७ हुँदा)

प्रतिसेयर नेटवर्थ - ११०.१७ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको