Like us!
Follow us!
Connect us!
Watch us!

डिभि परेपछि आवश्यक शैक्षिक योग्यता नहुँदा नक्कली प्रमाणपत्रको जोहो, १० पक्राउ

अर्थ संसार

विहीबार, १८ माघ २०८०, १८ : ११ मा प्रकाशित

डिभि परेपछि आवश्यक शैक्षिक योग्यता नहुँदा नक्कली प्रमाणपत्रको जोहो, १० पक्राउ

अमेरिकाले आफ्नो देश लैजान खुलाउने डाइभर्सिफाइड भिसा (डिभि) चिट्ठा परेकाहरुलाई नक्कली शैक्षिक योग्यताको सर्टिफिकेट बनाइदिने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालस्थित अमेरिकन दुतावासमा इडिभि लोटरी २०२३ को नतिजामा लोटरी परेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केहि व्यक्तिहरुले भिसा प्रयोजनको लागि एसएलसी तथा प्लस टुको नक्कली सर्टिफिकेट बनाई पेश गरेको खुलेपछी अनुसन्धान थालिएको थियो । अमेरिकी दुतावाससँगको समन्वयमा माघ १६ गते प्रहरीको बिशेष टोलीले खोजतलास गरी काठमाडौं-३ महाराजगञ्जस्थित अमेरिकन दुतावासबाट विवेक उपाध्यायलगायत तीनजनालाई नक्कली सर्टिफिकेटसहित नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान गर्दै जाँदा उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा अन्य व्यक्तिकोसमेत संलग्नता रहेको जानकारी पाएपछि काठमाडौंका विभिन्न स्थानहरूबाट अन्य सात जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको पनि प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको