Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्रको मनोबल गिराउने कार्य भयो: परिसंघ

अर्थ संसार

विहीबार, १८ माघ २०८०, २० : ११ मा प्रकाशित

निजी क्षेत्रको मनोबल गिराउने कार्य भयो: परिसंघ

नेपाल उद्योग परिसंघले बिहिबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेकोमा आपत्ति जनाएको छ । 

परिसंघले आज बिहीबार पत्रकार सम्मेलन गर्दै स्थापित व्यवसायीलाई अरु विकल्प रहँदा पनि पक्राउ गर्दै उनको मानमर्दन गरेको आरोप लगाएको छ। 

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ठूला व्यावसायी सानातिना मुद्दामा देश छाडेर भाग्न नसक्ने र  निजी क्षेत्रको मनोबल गिराउने कार्य भएको आरोप लगाएका छन्।  

उनले सरकारले लगानी सम्मेलनको उपहास गरेको पनि टिप्पणी गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको