Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्यमा समस्या देखिएपछि चौधरी र थापा चिरायु अस्पतालमा भर्ना

अर्थ संसार

विहीबार, १८ माघ २०८०, २२ : १८ मा प्रकाशित

स्वास्थ्यमा समस्या देखिएपछि चौधरी र थापा चिरायु अस्पतालमा भर्ना

केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा चिरायु अस्पतालमा भर्ना भएका छन्। 

स्वास्थ्यमा समस्या देखिएको भन्दै दुबैलाई महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएको छ। 

चौधरीलाई केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) को टोलीले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको थियो । चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप लागेको छ। 

चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन्। 

उता,नेपाल उद्योग परिसंघले बिहिबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेकोमा आपत्ति जनाएको छ । 

परिसंघले आज बिहीबार पत्रकार सम्मेलन गर्दै स्थापित व्यवसायीलाई अरु विकल्प रहँदा पनि पक्राउ गर्दै उनको मानमर्दन गरेको आरोप लगाएको छ। 

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ठूला व्यावसायी सानातिना मुद्दामा देश छाडेर भाग्न नसक्ने र  निजी क्षेत्रको मनोबल गिराउने कार्य भएको आरोप लगाएका छन्।  

तेस्तै,नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको भनेको छ। 

महासंघले भनेको छ ,'पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ । महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ ।'

महासंघले अबको केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने भन्दै सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको