Like us!
Follow us!
Connect us!
Watch us!

हट एयर बेलुनलाई अब ९ हजार फिटसम्म उड्न अनुमति

अर्थ संसार

शुक्रबार, १९ माघ २०८०, १६ : २१ मा प्रकाशित

हट एयर बेलुनलाई अब ९ हजार फिटसम्म उड्न अनुमति

साहसी पर्यटकहरुले अब हट एयर बेलुनमा जमिनको सतहबाट ९ हजार फिट माथिसम्म उड्न पाउने भएका छन् ।

कास्कीको पोखरामा सञ्चालन हुँदै आएको नेपालको एकमात्र हट एयर बेलुन सेवा प्रदायक कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको हो । कम्पनीले यसअघि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको थियो । बेलुनले थप उचाइमा पुग्ने भएपछि बेलुन चढ्नेहरुले अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासको दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए ।  

पोखराको लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्शी निरन्तर मनिटरिङ गरी उडान गर्न नेपाल सरकार, मन्त्रीस्तरको निर्णय अनुसार अनुमति प्रदान गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ए.टि.सि. अधिकृत मुकेश डंगोलले बताए । 

बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् ।

आधा घन्टा उडानको लागि नेपाली पर्यटकले ९५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । ३ देखि ९ बर्षका बालबालिकाहरूका लागि प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । भारतीय तथा सार्क मुलुकका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको