Like us!
Follow us!
Connect us!
Watch us!

खर्च नियन्त्रण गर्न नसक्दा रावा इनर्जी घाटामा, नेटवर्थ ७९ रुपैयाँ हुँदा बजार भाउ ५४०

अर्थ संसार

आइतबार, २१ माघ २०८०, १० : २६ मा प्रकाशित

खर्च नियन्त्रण गर्न नसक्दा रावा इनर्जी घाटामा, नेटवर्थ ७९ रुपैयाँ हुँदा बजार भाउ ५४०

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । खर्च नियन्त्रण गर्न नसक्दा आम्दानी बढ्दा पनि कम्पनी घाटामा गएको छ ।

खुद नाफा/घाटा - चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनी घाटामा गएको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा ५ लाख १७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा १४ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट २ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट १ करोड ८८ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन आम्दानी : यस अवधिसम्म कम्पनीले १ करोड ४४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ९५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

वितरणयोग्य मुनाफा : ५ लाख १७ हजार रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी : (०.१८)

मूल्य आम्दानी अनुपात : (२७७०) गुणा (अन्तिम मूल्य ४९८.७० रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ७९ रुपैयाँ

चुक्ता पूँजी : २८ करोड रुपैयाँ

जगेडा कोष : ५ करोड ८४ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले ३ मेगावाटको रावाखोला साना जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ । हाल दोस्रो बजारमा उक्त सेयरको मूल्य ५३९.९ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको