Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?

अर्थ संसार

आइतबार, २१ माघ २०८०, १० : ४२ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले कुल १४.०७७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार पाँच सय ८ रुपैयाँको १४.०७७ प्रतिशतले हुन आउने १२ करोड ८२ लाख १० हजार आठ सय ५३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । साविकका सूर्योदय र वोमी लघुवित्त मर्जरमा भएर सूर्योदय वोमी लघुवित्त बनेका हुनाले कम्पनीले दुई वर्षसम्म कर छुट पाउने व्यवस्था अनुसार कर तिर्न छुट्टै व्यवस्था भने गरिएको छैन ।

कम्पनी ४६ हजार सात सय २९ कित्ता एफपिओ जारी गर्ने प्रक्रियामा पनि रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको