Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस पछि हकप्रद पनि

अर्थ संसार

आइतबार, २१ माघ २०८०, ११ : ३४ मा प्रकाशित

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस पछि हकप्रद पनि

एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ । कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्याउन बोनसपछि हकप्रद सेयर पनि जारी गर्ने भएको छ ।

कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले कुल ८.१५१८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख पाँच सय १७ रुपैयाँको ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख ३५ हजार सात सय ९० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनका निमित्त ०.४०७८ प्रतिशतले हुन आउने एक करोड २८ लाख ७० हजार तीन सय ५ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले बोनस पछि पुग्ने चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार तीन सय ७ रुपैयाँको ४२ प्रतिशत अर्थात १:०.४२ अनुपातमा हकप्रद सेयर पनि निष्कासन गर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको