Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानी बढ्दा तेह्रथुम पावरको नाफा बढ्यो, इपिएस ३.२३ रुपैयाँ

अर्थ संसार

आइतबार, २१ माघ २०८०, ११ : ५३ मा प्रकाशित

विद्युत बिक्रीको आम्दानी बढ्दा तेह्रथुम पावरको नाफा बढ्यो, इपिएस ३.२३ रुपैयाँ

तेह्रथुम पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी बढ्दा कम्पनीको नाफामा पनि वृद्धि भएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ६४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ६ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ९ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ८ करोड २७ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन आम्दानी : यस अवधिसम्म कम्पनीले ५ करोड ९४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ५ करोड २८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

वितरणयोग्य मुनाफा : ६२ लाख ६२ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : ३.२३ रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : १८६.९० गुणा (अन्तिम मूल्य ६०४ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ६५.२५ रुपैयाँ

चुक्ता पूँजी : ४० करोड रुपैयाँ

जगेडा कोष : १३ करोड ८९ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले ७.५ मेगावाटको अप्पर खोरुङ्गा खोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको