Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानी घट्दा रुरु हाइड्रोको नाफामा सामान्य गिरावट, इपिएस कति?

अर्थ संसार

सोमबार, २२ माघ २०८०, ०८ : २८ मा प्रकाशित

विद्युत बिक्रीको आम्दानी घट्दा रुरु हाइड्रोको नाफामा सामान्य गिरावट, इपिएस कति?

रु रु जलविद्युत परियोजनाले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी घट्दा कम्पनीको नाफामा पनि सामान्य गिरावट भएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ५ करोड ८९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ५ करोड ९६ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ९ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ९ करोड १५ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन आम्दानी : यस अवधिसम्म कम्पनीले ५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ६ करोड ३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

वितरणयोग्य मुनाफा : ५ करोड ८९ लाख ४५ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : २३.९० रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : २९.४१ गुणा (अन्तिम मूल्य ७०३ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : १४४.६७ रुपैयाँ

चुक्ता पूँजी : ४९ करोड ३३ लाख रुपैयाँ

जगेडा कोष : २२ करोड ३ लाख रुपैयाँ

कम्पनीले ५ मेगावाटको अप्पर हुग्दी जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको